सांसद विनोद चौधरीको समाजसेवा, हातखुट्टा नहुनेलाइ कृतिम खुट्टाको सहारा


नवलपरासी, कार्तिक २० । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १६ कुकुरमारा निवासी मोहमद अलि मियां दुबै खुट्टामा कृत्तिम खुट्टा पाएपछि अहिले खुसीले हर्सीत हुनुभएको छ ।
७/८ बर्ष अघि सवारी दुर्घटनामा परी दुवै खुट्टाको गोडा (तिग्रा) भन्दा मुनीको भाग गुमाउनुभएका मियांले अहिले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाटस्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र (कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना) बाट निशुल्क रुपमा सेवा लिएपछि उहाँ अहिले सारै हर्सविभोर हुनुहुन्छ ।
“मैले यो सेवा लिन अन्यत्र जान पर्दा मलाई करिव २ देखी ३ लाख रुपैया खर्च हुन्थ्यो” मियांले भन्नुभयो “मैले निशुल्क रुपमा दुबै खुट्टामा कृत्तिम खुट्टा पाए जसले गर्दा मलाई अब डिडडुल गर्न कसैको सहारा लिनुपदैन ।”
मियां एउटा प्रतिनिधी पात्र मात्र हुनुहुन्छ । मिया जस्तै अन्य विरामीले पनि चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालको सहकार्यमा सेवा प्रारम्भ संगै चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउदै आएका छन् ।
यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १० भुव्हाचापी निवासी सुकुबा कुमाललेसमेत एउटा खुट्टामा कृत्तिम खुट्टा पाएपछि अहिले खुसी देखिनुहुन्छ ।
२०७८ सालमा सवारी दुर्घटनामा परी एउटा खुट्टाको घुडाभन्दा तलको भाग गुमाउनुभएका ५२ बर्षिय कुमालले निशुल्क रुपमा कृत्तिम खुट्टा पाएपछि आफुले हिडडुलमा थप सहजता भएको बताउनुहुन्छ ।
संघीय निर्वाचन पश्चिम नवलपरासी क्षेत्र नं १ का माननीय संघीय सांसद बिनोद चौधरीले निर्वाचनको बेलामा चिसापानी अस्पताललाई चौतर्फी रुपमा बिकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । चुनावी प्रतिबद्धता अनुसार संघीय सांसद चौधरीले चौधरी फाउण्डेसजनको सहकार्यमा चिसापानी अस्पतालमा सीजी सबल केन्द्र (कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना) संचालन साथै अस्पतालमा अन्य प्राविधीक उपकरण हस्तान्तरण गर्नुभएको छ ।
संघीय सांसद बिनोद चौधरी प्रमुख संरक्षक रहेको चौधरी फाउण्डेसनले लुम्बिनी प्रदेशमै पहिलो पटक चिसापानी अस्पतालमा सबल केन्द्र (कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने) काम गर्न थालेपछि सेवाग्राहीहरु लाभान्वित हुने विस्वास लिईएको हो ।
सबल केन्द्रका फोपक पर्सन दिपक सिंह केसीले चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना भएदेखी १ महिनाको अवधीमा चार जना बिरामीलाई कृत्तिम खुट्टा उपलब्ध गराईसकिएको जानकारी दिनुभयो । यता चिसापानी अस्पताल बिकास समितीका अध्यक्ष ईन्द्र सापकोटाले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाटस्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र (कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) संचालन भएपछि विरामीहरुलाई निकै ठुलो सहयोग पुग्ने बताउदै केन्द्रको सेवा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।





