देश

    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष सवार कारलाई स्कोर्पियोले ठक्कर

    नवलपुर टुडे
    २०७८ जेष्ठ १२ | मध्यान्ह ०८:०२ बजे

      दाङ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष र दाङ जिल्ला अध्यक्ष सवार कार दाङमा दुर्घटनामा परेको छ ।

      तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ नम्बरको स्कोरपियोले महासंघका अध्यक्ष विपुल पोख्रेल, दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कारलाई ठक्कर दिएको हो ।

      ठक्करबाट कार क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भने नभएको बताईएको छ । दुर्घटना कसरी भयो भन्ने अनुसन्धान दाङ प्रहरीले गरिरहेको छ ।

        कमेन्टहरु