टिकटकबाट समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे गृहले कारबाही गर्ने
नवलपुर टुडे
२०८० कार्तिक १९ | मध्यान्ह ०६:०७ बजे
काठमाडौँ । गृह मन्त्रालयले टिकटकमार्फता समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले टिकटकमार्फता समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको हो।
टिकटकमार्फत सामाजिक सदभाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाउन टिकटको कार्यालय, सिंगापुरसंग सहकार्य गरेको पनि विज्ञप्तिमा उल्लेख छ।