कर्णाली प्रदेश

    जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

    नवलपुर टुडे
    २०८० कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

      जाजरकोट ।   जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। साँझ ४ बजेसम्मको प्राप्त विवरण अनुसार जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

      प्रहरीका अनुसार जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ भने १०५जना घाइते भएका छन्। यस्तै पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ भने  ८५ जना घाइते भएका छन्।

      भूकम्पका कारण दैलेखमा ३, बैतडीमा ३ जुम्लामा ५ र रोल्पामा १ जना घाइते भएका छन्। 

      घाइतेहरूको उद्धार कार्य अहिले पनि जारी छ । उद्धार गरिएका घाइतेहरूको भेरी अस्पताल र सुर्खेतलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

       

        कमेन्टहरु