कर्णाली प्रदेश

    जाजरकोट भूकम्प : मृतकको संख्या १२९ पुग्यो

    नवलपुर टुडे
    २०८० कार्तिक १८ | बिहान ०९:०७ बजे

      काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ । 

      जाजरकोट र रुकुम (पश्चिम) मा गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको हो । 

      जाजरकोटमा ७० र रुकुम (पश्चिम)मा ८५ र रोल्पामा एकजना घाइते भएका छन् । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।     

      बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो 

       

        कमेन्टहरु