अपराध, मधेश प्रदेश

    बाराको कलैयामा प्रधानाध्यापकमाथि गोली प्रहार

    जगत ठाडा मगर
    २०८० कार्तिक १३ | मध्यान्ह ०२:०७ बजे

       बारा । बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ।

      प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ। बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ। बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ।

      घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।

        कमेन्टहरु