दुर्घटना, बागमती प्रदेश

    काभ्रेपलाञ्चोकमा बस दुर्घटना : नेत्री लामासहित ११ घाइते

    जगत ठाडा मगर
    २०८० कार्तिक १२ | मध्यान्ह ०५:०७ बजे

      काठमाडौं, कात्तिक १२ गते । काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना परी ११ जना घाइते भएका छन् ।

      जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेका अनुसार ब्रेक फेल भएका कारण काभ्रेपलाञ्चोकको तालढुङ्गाबाट गुवाभनज्याङ् लागेको उक्त बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो ।

      उहाँले सो दुर्घटनामा घाइते भएका ११ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

      उक्त बस दुर्घटनामा नेकपा (एमाले) नेतृ एवम् पूर्व सांसद नविना लामा, बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा घाइते हुनुभएको छ ।

        कमेन्टहरु