देश

    पश्चिम नवलपरासीस्थित पचगावामा कोरोना भगाऊ पुजा सम्पन्न

    जगत ठाडा मगर
    २०७८ जेष्ठ १२ | बिहान ०९:०२ बजे

      कृष्ण गिरी

      नवलपरासी । नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा न १२ पचगावामा कोरोना भगाऊ पुजा गरिएको छ ।

      IMG 20210526 094201 044

      धार्मिक अनुष्ठाका साथ कोरोना पूजा गरीएको छ विश्वमा महामारी फैलिने क्रममा आधुनिक संसारले कोरोना भाइरसलाई जित्न सफल नभएको अवस्थामा संसारले आफ्ना किसिमका सुरुक्षा व्यवस्था मिलाईएको खवरले हामी खुशी भन्दा चिन्तित बनेका छौ ।

      अाम मानविय जीवन कष्टकर बन्दै गएको अवस्थामा कतिपय आयुर्वेद औषधालयले खुशीको खबर ल्याएपनि चारैतिर विज्ञान असफल भएपछि अाम जनतामा निरासा छाएको छ ।

      IMG 20210526 094201 044

      भनिन्छ, सबै कुराको उपचार सन्तोष मान्नु हो । नेपालको खासगरी मधेश मुलक जनतामा कोरोना भगाउने उपचार पुजा आजा हो भन्दै मधेशका विभिन्न जिल्लाहरुमा यतिबेला मानिसहरू कोरोना भगाउँ पूजामा व्यस्त देखिन थालेका हुन् ।

      गाउँका सबै मिलेर आफ्नो घर आँगनमा कोरोना आक्रमणको प्रवेश नहोस भनी गाउँभन्दा थोरै टाढा स्थानिय नदी ,किनारमा विभिन्न पकवान पकाई विधिपूर्वक पुजा गरिएको छ ।

      पूजामा गाउँका अधिकांश महिला दिदि बहिनिहरुको सहभागिता रहेको थियो । अत्यन्त निष्ठा र श्रद्धाका साथ सम्पन्न भएको उक्त पूजाले समाजमा धार्मिक आस्था अझ बलियो हुने बिश्वास गरिएको छ ।

        कमेन्टहरु