बुद्धले थप्यो १७ औं एटीआर जहाज

जगत ठाडा मगर
२०८० कार्तिक ११ | बिहान ०६:०७ बजे

काठमाडौं । बुद्ध एयरले शुक्रबार १७ औं एटीआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटीआर–७२ हो । यसको कलसाइन 9N-AOC रहेको बुध्द एयरले जनाएको छ । अब बुद्धसँग एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई १ महिनाभित्र उडान सेवा दिने बुद्ध एयरले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बुद्ध एयरसँग तीनवटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाज रहेका छन् ।बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भनेका छन्, “उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्ने छन् ।” थपिएको जहाजले नियमित मर्मतमा पनि सहयोगी हुने विज्ञप्तिमा उल्लेख छ ।
बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।





