गण्डकी प्रदेश

    आजदेखि मनकामना केबलकार सञ्चालनमा

    नवलपुर टुडे
    २०८० कार्तिक ९ | मध्यान्ह १२:०७ बजे

      मुग्लिन, कात्तिक ९ गते । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।  

      गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

        कमेन्टहरु