मौसम

    यी हुन् आज हिमपात र वर्षा हुने प्रदेश

    नवलपुर टुडे
    २०८० कार्तिक ६ | बिहान ०६:०७ बजे

      काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपात समेत हुनेछ ।

      जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

      दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

      सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

      विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

      हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

        कमेन्टहरु