देश, बागमती प्रदेश

    धादिङमा बिहान ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आएको छैन; सीडीओ

    जगत ठाडा मगर
    २०८० कार्तिक ५ | बिहान ०८:०७ बजे

      काठमाडौं । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पको क्षतिको विवरण नआएको बताएका छन् ।

      आज बिहान सवा ८ बजेसम्म जिल्लाका कुनै पनि पालिकाबाट मानवीय तथा भौतिक क्षतिबारे जानकारी नआएको उनले जानकारी दिए । 

      “अहिलेसम्म कतैबाट पनि कुनै क्षतिको खबर आएको छैन । तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ । कमजोर भौतिक संरचनामा क्षति भएको पनि हुनसक्छ । यद्यपि, कुनै ठूलो क्षति नभएको हाम्रो अनुमान छ,” प्रमुख जिल्ला अधिकारी गैह्रेले बाह्रखरीसँग भने, “लामो समयपछि भूकम्पको ठूलै धक्का महसुस भयो । क्षति भएको छैन भन्ने हाम्रो अपेक्षा हो ।” 

      धादिङमा आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प भूकम्प गएको थियो । ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको हो । 
       

        कमेन्टहरु