कोशी प्रदेश

    सङ्खुवासभाको थुदामबाट एक विदेशी नागरिक बिरामी पर्यटकको उद्धार

    नवलपुर टुडे
    २०८० कार्तिक ३ | मध्यान्ह ०७:०७ बजे
      किमाथाङ्का (सङ्खुवासभा)  ।  सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

      भोटखोला–२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।

      बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको उनले बताए।

      डानियल एक दिनअघि भोटखोलाको थुदाम पुग्नुभएको थियो । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आउनुभएका उहाँका साथमा कति जनाको समूह थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु