बिश्व

    भारतको चेतावनी पछि क्यानडाले फिर्ता बोलायो ४१ जना कुटनीतिज्ञ

    नवलपुर टुडे
    २०८० कार्तिक ३ | मध्यान्ह ०१:०७ बजे

      क्यानडा । क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ। बीबीसीका अनुसार भारतले चेतावनी दिएपछि क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको हो।

      क्यानडाका विदेश मन्त्री मेलानी जोलीले भारतमा सुरक्षाको विषय उठेपछि २१ जना क्यानेडेली कुटनीतिज्ञ बाहेक बाँकी सबैलाई फिर्ता बोलाइएको पुष्टि गरेकी छिन्।

      मेलानीले भनिन्, ‘भारतमा काम गरिरहेका ४१ कुटनीतिज्ञ र उनको परिवारका ४२ जनाको सुरक्षा समाप्त भएको छ। जसले गर्दा उनीहरूलाई खतरा उत्पन्न हुन सक्छ। त्यसकारण भारतबाट फिर्ता बोलाइएको हो।’

      भारतमा काम गरिरहेका कुटनीतिज्ञलाई फिर्ता बोलाएपनि त्यसले भारतस्थित क्यानेडेली दूतावासको कामकाजमा कुनै असर नगर्ने जोलीले प्रष्ट पारेकी छिन्।एजेन्सी

       

        कमेन्टहरु