लुम्बिनी प्रदेश

    गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु

    इन्द्रजित नेपाली
    २०८० कार्तिक २ | बिहान ०७:०७ बजे

      गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

      तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

      प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछान्लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु