पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो, एक जनाको मृत्यु


पनौती । पनौतीमा काभ्रेपलाञ्चोकको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा विद्युतीय गाडी सडकको नालीमा खसेको छ। दुर्घटनाको क्रममा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापश्चात् उपचारका लागि अस्पताल पुर्याएकामा बिहान साढे ७ बजे मृत घोषणा गरिएको प्रहरीले बताएको छ।
बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो। रामेछाप जाँदै गरेको उक्त गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने पा. वर्ष ५१ का टंकप्रसाद दाहाल घाइते भएका छन्।





