मधेश प्रदेश, राजनीति

    मौलापुरकी मेयर रिना कुमारी साहको पद रिक्त

    नवलपुर टुडे
    २०८० अशोज ३० | मध्यान्ह १२:०६ बजे

      रौतहट, असोज ३० । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त भएको छ ।

      दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

      २०७९ वैशाखको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी साह उनका पति प्रभु साहले एमाले छाडेर आम जनता पार्टी खोलेपछि पार्टीको सम्पर्कमा थिइनन् । उनलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएपछि एमालेले कारबाही गरेको हो ।

        कमेन्टहरु