दुर्घटना

    कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

    नवलपुर टुडे
    २०८० अशोज ३० | बिहान ०९:०६ बजे

      सुर्खेत, असोज ३० । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

      बाजुराबाट कालिकोट आउँदै गरेको ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा दुर्घटना हुँदा चालक रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाहीको मृत्यु भएको हो ।

      जीप सडकबाट करिब ३० मिटर तल खसेको र जीपमा चालक बाहेक अन्य यात्रु नभएको कालिकोट प्रहरीले जनाएको छ ।

        कमेन्टहरु