अर्थ

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    नवलपुर टुडे
    २०८० अशोज २८ | मध्यान्ह ०८:०६ बजे

      काठमाण्डाै, असोज २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

      आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल/ मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाएको जनाएको छ । भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको विज्ञप्तिमा उल्लेख छ । अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ ।

      यसअघि गएको १५ गते निगमले पेट्रोलियम पदार्थकाे भाउ बढाएको थियो तर चौतर्फी आलोचना भएपछि सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो ।

      photo 2023 10 15 20 35 46

        कमेन्टहरु