कोशी प्रदेश, राजनीति

    आज कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ लिँदै

    नवलपुर टुडे
    २०८० अशोज २८ | बिहान ०६:०६ बजे

      विराटनगर । आज कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।

      विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।

       कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

       नेपाली कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो ।कोसी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ ।

        कमेन्टहरु