देश

    खुल्ला क्षेत्रमा जुवा खेल्दै जुवा बन्द गराउन लहानका प्रहरी प्रशासन असक्षम

    नवलपुर टुडे
    २०८० अशोज २७ | मध्यान्ह ०२:०६ बजे

      लहान । सिरहाको लहान नगरपालिका- १ कृष्ण टोल देखि ६ सय मिटर दक्षिण खाली चौरमा प्रत्येक दिन बेलुका र साझको समयमा जुवा खेल्ने युवाहरुको निकै जनमघट लागेको हुन्छ ।

      खाली ठाउँमा युवाहरु एक गोल भइ उनीहरु जुवा खेल्ने गर्दछ भने चाचै तिर घर रहेका उनीहरु हजार देखी लाख रुपैयाँसम्मको जुवा खेल्ने गरेको एक जना स्थानीयले बताएको छ।

      उक्त ठाउँका उनीहरुलाई स्थानीयले जुवा नखेल्नु भनेर पटक पटक सम्झौउदा पनि उनीहरूले जुवा खेल्न छाडेको छैन। जुवा समाजका लागि घातक हो,भन्दै तपाइँहरु
      नखेल्नु यहाँ नानी बाबुहरु यही सिक्छ भने पछि उल्टै थर्काउने गरेको र धेरै बोल्नु हुन्छ भने पिटछु भनिएको बताए ।

      दिन प्रतिदिन चोरी दकैटी जस्तो घटना बढ्नुको मुख्य कारण यही लागूऔषध, जुवा हो भनेर एक जना महिला रुदै नवलपुर टुडेलाई बताए ।

        कमेन्टहरु