देश

    नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रीसहितको टोली इजरायल प्रस्थान

    नवलपुर टुडे
    २०८० अशोज २५ | बिहान ०७:०६ बजे

      काठमाडौं, असोज २५ । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

      बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ ।

      सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ । हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु