देश

    विश्रामपुर गाउँपालिकामा २५ जना कार्यालय सहयोगी, कर्मचारीको तलबबाट पनि रोकिएन प्रशासकीय अधिकृतको कमिसन

    रंजित चौरसिया
    २०८० अशोज २४ | मध्यान्ह ०६:०६ बजे

      बारा, असोज २४ । बाराको विश्रामपुर गाउपालिकामा ५ वटा फाटमा २५ जना कार्यालय सहयोगी राखिएको खबर प्राप्त भएको छ । बिचौलिया र दलालको माध्यमले विश्रामपुर गाउपालिका भित्र मात्रै ५ वटा फाटमा २५ जना कर्मचारीलाइ भर्ना गरिएको खबर प्राप्त हुन आएको हो ।

      विश्रामपुर गाउपालिकाका अध्यक्ष जुबिकार अलि भुठ्ठो र प्रशासाकिय अधिकृत सुधम लामिछानेको भागबन्डा मिले पश्चात् एउटै पालिकाको ५ वटा फाटमा २५ जना कर्मचारी राखिएको कर्मचारीहरू नै बताउँछन । त्यति मात्र नभइ पूरानो ११ जना नगर प्रहरीलाई हटाएर आर्थिक चलखेलको आधारमा नयाँ नगर प्रहरी नियुक्त गरिएको समेत कर्मचारीहरू बताउँछन ।

      आर्थिक भागबन्डाको आधारमा विश्रामपुर गाउँपालिका संचालन रहेको मात्र छैन । शिक्षा शाखा, स्वास्थ्य शाखा, लेखा, मेयर र उपमेयर लगायतका शाखामा मात्र २५ जना कार्यालय सहयोगी राखिएको समेत उनले बताए । उनका अनुसार कर्मचारीको तलबबाट समेत कमिसन पाउने चलखेल गरेरै नियुक्त गरिएको समेत बताए ।

      विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबिकार अलि भुठ्ठो र प्रशासकिय अधिकृत सुधम लामिछानेको साटघाट र भागबन्डा मिले पश्चात् कर्मचारी नियुक्त गरिने गरिएको ११ जना नगर प्रहरी हटाउने घटनाले प्रष्ट पारेको छ । आफुहरू माथी अध्यक्ष र प्रशासकीय अधिकृतले अन्याय गरेको भन्दै उच्च अदालतमा मुद्दा समेत दायर गर्न बाध्य भएको पूराना नगर प्रहरीहरूले दुखेसो पोखेका छन् ।

      विश्रामपुर गाउँपालिकाका अध्यक्ष भुठ्ठो र प्रशासकीय अधिकृत लामिछानेले नया भर्ना १ सय भन्दा बढी कर्मचारी थपिएपनि काम चाहिँ न्यून देखिएको स्थानीय बताउँछन । स्थानीयका अनुसार पालिकाको बजेटबाट मात्र कर्मचारी पाल्ने काम भएको तर विकासको काम चाहिँ न्यून देखिएको स्थानीय बताउँछन । विकासको काम गराउन भन्दा बढी पालिकाकै कर्मचारी पालन पोषण गर्न बढी रकम खर्चिने गरेको समेत स्थानीयले आरोप लगाए ।

      भ्रष्टाचारको अखडा बनाएका प्रमुख प्रशासकीय अधिकृत सुधम लामिछाने र गाउपालिका अध्यक्ष भुठ्ठो जस्ता भ्रष्टाचारी माथी कारवाही गर्ने कुनै निकाय छ कि छैन हेर्न बाकी रहेको छ ।

        कमेन्टहरु