देश

    इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरुका लागि अनलाइन रजिष्ट्रेशन खुल्यो

    नवलपुर टुडे
    २०८० अशोज २२ | मध्यान्ह ०७:०६ बजे

      काठमाडौँ, असोज २२ । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन रजिष्ट्रेशन खुला गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ताका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।  

      ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा तथा त्रासमा रहेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेको थियो । सोही आधारमा दूतावासले अनलाइन मार्फत आवेदन आह्वान गरेको हो । दूतावासले उद्धार, स्वदेश फिर्ता तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने उद्देश्यले सूचना संकलनको काम सुरु गरेको हो । 

      यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्न सकिनेछ ।

        कमेन्टहरु