देश

    इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको शोकमा मंगलबार बिदा

    नवलपुर टुडे
    २०८० अशोज २२ | मध्यान्ह ०५:०६ बजे

      काठमाडौं, असोज २२ । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

      उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार शोक बिदा दिने मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिए । उनकाअनुसार इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय भएको छ । ‘स्वदेश आउन चाहने सबैलाई उद्धार गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ,’ उनले भने ।

      साथै मृतकका परिवारलाई जनही १० लाख रूपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको श्रेष्ठले जानकारी दिए ।

        कमेन्टहरु