देश

    ५ दलका शीर्ष नेतासहित सांसद सर्बोच्च अदालत पुगे

    नवलपुर टुडे
    २०७८ जेष्ठ १० | मध्यान्ह ०२:०२ बजे

      काठमाडौ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च अदालत गएका छन् ।

      बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ५ दलका सांसद सर्वोच्च गएका हुन्।

      यसअघि सिंहदरबारमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेता छलफल गरेका थिए ।

      सांसदहरूले गरेको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने परमादेश दिन सर्वोच्च जान लागेका हुन्।

        कमेन्टहरु