यातायात

    दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

    नवलपुर टुडे
    २०८० अशोज २२ | बिहान ०६:०६ बजे

      काठमाडौं, असोज २२ । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । 

      यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । 

      गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

      दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । 

        कमेन्टहरु