कोशी प्रदेश

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

    नवलपुर टुडे
    २०८० अशोज २० | मध्यान्ह ०४:०६ बजे

      विराटनगर, असोज २० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै कार्कीले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

      विश्वासको मतका निम्ति प्रस्ताव प्रस्तुत नगरी मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरे । उनले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

      कार्कीले राजीनामा घोषणा गरेसँगै एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको छ । अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन प्रक्रिया सुरु हुनेछ । बहुमत पुर्‍याउन सक्ने प्रदेशसभाका सदस्य मुख्यमन्त्री बन्न सक्नेछन् ।

        कमेन्टहरु