देश

    बझाङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प

    नवलपुर टुडे
    २०८० अशोज २० | मध्यान्ह १२:०६ बजे

      काठमाडौं, असोज २० । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार मध्यान्ह ११:४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । 

      मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन् । गत मंगलबार दिउँसो २: ४० मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो । 

      त्यसपछि ३:०६मा ६.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो ।

        कमेन्टहरु