समाचार, समाज

    मलेसियाको शाहआलम र जोहोरमा गरी दुई नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु

    नवलपुर टुडे
    २०८० अशोज १९ | मध्यान्ह ०६:०६ बजे

      रामजि प्रजापति

      मलेसिया, असोज १९ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा दुई नेपालीको मृत्यु भएको छ ।

      नेपालको तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं १० घर भएका यस कुमार सुवेदीको अक्टोबर १ तारिख बिहान मृत्यु भएको हो । घरको एक्लो छोरा रहेका उनी बिगत ५ बर्षदेखि मलेसियाको शाहआलममा एफडब्लुजि कम्पनीसँग आबद्ध रहि वैधानिक हैसियतमै सुरक्षागार्डको क्षेत्रमा रातीको समयमा काम गर्दै आएका थिए ।

      त्यस्तै मलेसियाको जोहोर राज्यमा अवस्थित सुपेरियर प्रोटेक्सन एसडिएन बिएचडी कम्पनीमा काम गर्दै आएका तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. २ बस्ने वर्ष ३४ का भगध्वज लिम्बुको पनि असमायिक निधन भएको छ ।

        कमेन्टहरु