देश

    उद्योग व्यापार संघद्वारा गल्ती स्विकार, अनुगमनकारी र व्यापारीबिच वार्तामा सहमाती

    नवलपुर टुडे
    २०८० अशोज १९ | बिहान ११:०६ बजे

      सिरहा, असोज १९ । सिरहाको गोलबजारमा हिजो अनुगमनकारी र ब्यापारिहरुबिच भएको विवाद वार्तामा सहमती भएको छ । बजार अनुगमन गर्ने क्रममा अनुगमनकारी र ब्यापारीहरुबिच भएको विवाद आज जिल्ला प्रशासन कार्यालय सिरहामा दुई पक्षबिच वार्तामा सहमती भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

      यता, घरेलु साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले दुई पक्षबिच भएको वार्तामा उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष बिजय साहले आफुहरुबाट गल्ती भएको भन्दै गल्ती स्विकार गरेपछी दुई पक्षबिच वार्तामा सहमती भएको जनाए । प्रमुख यादवलाई एक सातापछि पुन अनुगमनमा आउन अध्यक्ष साहले आग्रह समेत गरेका छन् ।

      वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज तथा घरेलु साना उद्योग कार्यालय लहानका प्रतिनिधिहरुले हिजो बजार अनुगमनको क्रममा व्यापारीहरुले आफुहरुमाथी हातपात गरेको आरोप लगाएका थिए । सो विवाद वार्तामा सहमती भएको छ ।

      सिरहाको गोलबजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज तथा घरेलु साना उद्योग कार्यालय लहान र गोलबजार नगरपालिकाका उप-प्रमुखको संयुक्त टोलिले शान्तिपूर्ण रुपमा बजार अनुगमन गर्दै गरेको बेला व्यापारीहरुले हातपात र ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पुर्याएको थियो ।

      सो विवाद आज जिल्ला प्रशासन कार्यालय सिरहामा बसेको बैठकमा गोलबजार नगरपालिकाका नगर प्रमुख-श्याम कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ गोलबजार, घरेलु साना उद्योग लहानका प्रमुख दिपेन्द्र यादव, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंजका सुरेश रेग्मी सहित रहेको थियो ।

      उक्त बैठक सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको रोहबरमा बसेको थियो ।

        कमेन्टहरु