दुर्घटना

    भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु

    नवलपुर टुडे
    २०८० अशोज १८ | बिहान ११:०६ बजे

      काठमाडौँ, असोज १८ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पैदल यात्रीको ज्यान गएको छ ।

      थिमि तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा.५ च २०४९ नम्बरको कार आपसमा ठोक्किएको हो । उक्त दुर्घटनामा परी बाटोमा हिँडिरहेका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

      मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् । मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमीले जनाएको छ ।

        कमेन्टहरु