विश्व

    अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो, अनलाइनबाटै आवेदन भर्न सकिने

    नवलपुर टुडे
    २०८० अशोज १८ | बिहान ०६:०६ बजे

      चितवन, असोज १८ । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि आवेदन खुलेको छ । नेपाली समय अनुसार असोज १७ गते राति ९ः४५ बजेबाट आवेदन खुलेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

      यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । डीभी चिट्ठाका लागि आवेदन दिन कुनै पनि शुल्क लाग्दैन । आवेदन अनलाइन मार्फत दिन सकिन्छ ।

      अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला’, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।

        कमेन्टहरु