देश

    रहेनन् ओखलढुंगा जिसस प्रमुख खनाल

    रासस
    २०८० अशोज १४ | बिहान ०९:०६ बजे

      ओखलढुंगा, असोज १४ । जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ । उनी आमाशयको क्यान्सरबाट पीडित थिए ।

      उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्य समेत थिए । खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।

      खनालको निधनले पार्टी र सिंगो ओखलढुंगा जिल्लालाई अपूरणीय क्षति पुर्‍याएको कांग्रेस नेता एवं सांसद रामहरि खतिवडाले बताए ।

      खनालका दुई छोरा र दुई छोरी छन् । दिवंगत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

        कमेन्टहरु