देश

    नायक अनमोल केसी पक्राउ

    असिम कामु
    २०८० अशोज १२ | मध्यान्ह ०६:०६ बजे

      काठमाडौं, असोज १२ । नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

      फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले प्रहरी कार्यालयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

      केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माण पक्षले उजुरी दिएको हो ।

      अनमोलले पनि केहि दिनअघि आफ्नो आधिकारीक पेजबाट कुरा नआएसम्म प्रचार गरिएको सबैकुरा सत्य नभएको बताएका थिए । उनले घुमाउरो तरिकाले रामायणमा काम नगर्ने बताएका थिए ।

        कमेन्टहरु