मोटरसाइल दुर्घटनामा परी सुनवलमा एक जनाको मृत्यु

असिम कामु
२०८० अशोज १२ | मध्यान्ह ०४:०६ बजे

नवलपरासी, असोज १२ । पश्चिम नवलपरासीको सुनवलमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका- १४ पर्सावल बस्ने ३० वर्षीय हेम खवास रहेका छन ।
प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल- ४ गैरे पेट्रोल पम्प नजिकै पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिमेन्टको पोलमा ठोक्किएर घाइते खवासको उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक अंगद यादवलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





