मुस्लिम बालबलिकालाई शिक्षाको मूलधारमा लैजानु पर्नेमा जोड: प्रवक्ता पठान


कपिलवस्तु, असोज १२ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ पिपरामा रहेको मदरसामा मदरसाका प्रधानाध्यापक अतिकुर रहमान तथा सो मदरसाका अध्यक्ष रहिस अहमद खाले मोहम्द डेको अवसरमा कार्यक्रम आयोजना सम्पन्न गरिएको छ ।
कार्यक्रममा बोल्दै जनता सामाजबादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित सबैमा मोहम्द डेको सबैमा शुभकामना दिदै इस्लाम धर्मको रक्षा गर्नु सबै मुस्लिम समुदायको कर्तव्य रहेको, बीस प्रतिशत भन्दा बढी जनसंख्या भएको मुस्लिम समुदायको चाइनामा मोहमम्द डे, इद, बकर इद लगायत धार्मिक कार्यक्रम गर्न स्वतंत्रता नरहेको, मुस्लिम समुदायका अभिभावकले शिक्षा प्रति धेरै चासो दिनु पर्ने बताउदै मुस्लिम समुदायका बालबालिका पनि भोलीका एसपी, सिडीओ, हुन भन्ने भावनाका साथ अभिभावकलाई शिक्षा प्रति लगानी लगाउन अपिल गरे ।
मुस्लिम बालबलिकालाई शिक्षाको मूलधारमा लगेर मुस्लिम समुदायको उत्थानमा सबै सरोकारवालाले जोड दिनु पर्ने बताउदै देशको मूलधारनै शिक्षा रहेकाले शिक्षा प्रति विशेष जोडदिनु पर्ने बताए।
कार्यक्रममा सलिम अहमद, सगिर अहमद, मुर्तजा अलि, सब्बिर खान, सिराज आलम मदरसाका बालबालिका तथा सरोकारवालाको उपस्थित रहेको थियो।





