देश

    राष्ट्रपति पौडेलद्वारा चार जना राजदूतको शपथ ग्रहण

    नवलपुर टुडे
    २०८० अशोज १० | मध्यान्ह ०१:०६ बजे

      काठमाडौँ, असोज १० । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहबिच राष्ट्रपति पौडेलले नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

      शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् । 

      उक्त अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
      photo 2023 09 27 13 33 00

        कमेन्टहरु