समाचार

    नुहाउने क्रममा खोलाले बगाएर बालकको मृत्यु

    नवलपुर टुडे
    २०८० अशोज १० | बिहान ११:०६ बजे

      काठमाडौं, असोज १० । हेटौँडामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–४, भैरव रोड बस्ने १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको हो ।

      प्रहरीका अनुसार मंगलबार अन्सारी घर परिवारसहित हेटौँडा–१, स्थित सब्जि मन्डि नजिक राप्ति खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा उनलाई खोलाले बगाई ५०० मिटर तल राप्ती पुल नजिक पुर्‍याएको थियो ।

      अन्सारीलाई परिवारले बेहोस अवस्थामा फेला पारी उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा मंगलबार दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु