अपराध

    ६० किलो सुन तस्करी प्रकरण : हिजो बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने

    नवलपुर टुडे
    २०८० अशोज १० | बिहान ०६:०६ बजे

      काठमाडौँ, असोज १० । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान सकिएको छ ।

      मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । बयान सकिएसँगै आज बुधबारबाट थुनछेक बहस सुरु हुनेछ ।

      चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।

      तिब्बती मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् ।

      जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ । 

        कमेन्टहरु