अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक प्रकाउ

नवलपुर टुडे
२०८० अशोज ८ | बिहान ११:०६ बजे

कैलाली, असोज ८ । बझाङमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।
घरमा कोही नभएको अवस्थामा शारीरिक रूपमा अशक्त छबिसपाथिभेरा गाउँपालिकाकी २८ वर्षीया महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बलात्कारको आरोपमा प्रकाउ परेका उक्त बालक महिलाको आमाले देखेपछि भागेका थिए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





