अपराध

    बझाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या

    रासस
    २०८० अशोज ६ | बिहान ०६:०६ बजे

      लेकगाउँ (बझाङ) । बझाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ ।

      छबिसपाथिभेरा गाउँपालिका–७, घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

      जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् ।

      “सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ”, चौधरीले भने ।

      उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।

        कमेन्टहरु