दुर्घटना

    पाल्पामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    असिम कामु
    २०८० अशोज ३ | मध्यान्ह ०८:०६ बजे

      पाल्पा, असोज ३ । पाल्पाको बगनासकाली गाउँपालिका – ९ चापपानीमा जिपको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

      तानसेनबाट खानीगाउँ तर्फ जाँदै गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु १ ज १७५९ नम्बरको जिपले ठक्कर दिँदा मोटरसाइकल चालक बगनासकाली गाउँपालिका – ७ का २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो । 

      ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । उनका अनुसार भट्टराईको तानसेन अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा लगिएको थियो । उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।

      जिप र जिप चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

        कमेन्टहरु