समाचार

    नारायणी नदीमा डुबेर नवलपुरको गैंडाकोटका दुई दाजुभाइको मृत्यु

    नवलपुर टुडे
    २०८० अशोज १ | मध्यान्ह ०५:०६ बजे

      गैडाकोट, असोज १ । पुर्वी नवलपरासीको नारायणी नदीमा डुबेर एकै परिवारका दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका – ७ गैरी बस्ने सुमन कुमालको छोराहरु बर्ष १४ को सबिन कुमाल र बर्ष ९ को संगम कुमाल रहेका छ ।

      ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार आज दिउँसो पौने ३ बजेको समयमा गैंडाकोट नगरपालिका – ७ स्थित नारायणी नदीमा पौडि खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए ।

      बेपत्ता भएका उनीहरुको ईप्रका गैंडाकोटबाट प्रहरी निरीक्षक हस्त बहादुर सुनारको कमाण्डमा खटिएको ५ जनाको टोली र स्थानीयले उद्धार गरी तत्काल उपचारको लागि नया मेडिकल कलेज भरतपुर चितवन पठाएको थियो ।

      उनीहरुको अस्पतालमा ३:५० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धन भइरहेको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु