देश

    जसपाद्वारा काठमाडाैंको नारायणटारमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

    नवलपुर टुडे
    २०७८ जेष्ठ ८ | मध्यान्ह ०९:०२ बजे

      जेठ ८,काठमाडाैं – जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले आज प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र कानुनको हुर्मत लिँदै असंवैधानिक कदम चाल्दै पुनः संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि जसपाका कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।जसपाका नेता आङकाजी शेर्पाले काठमाडाैं काे नारायणटारमा पुत्ला जलाएको तस्बिर सार्वजनिक गरेका छन् ।

      IMG 20210522 204935 474

      प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेकी छन् ।
      राष्ट्रपतिको यो कार्यको सबै दलहरुका नेताहरुले सामाजिक सञ्जालबाट आपत्ति जनाएका छन् ।

        कमेन्टहरु