देश

    आज मात्र ८ हजार ८४८ कोभिड -१९ भाईरसलाई जिते

    नवलपुर टुडे
    २०७८ जेष्ठ ८ | मध्यान्ह ०५:०२ बजे

      काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

      नेपालमा आज ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ ।

      यससँगै संक्रमितको कूल संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको छ । आज १२९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ।

      आज २० हजार १०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ जनाको परीक्षण गरिएको छ ।

        कमेन्टहरु