श्रीलंकाको लज्जास्पद हार, एसिया कपकाे उपाधी भारतले उचाल्यो
धर्मेन्द्र कुमार कुर्मी
२०८० भदौ ३१ | मध्यान्ह ०६:०५ बजे

काठमाडौ । एसिया कपको उपाधी भारतले जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको थियो ।
उक्त लक्ष्य भारतले ६.१ ओभरमा पुरा गर्दै भारतले एसिया कपको उपाधि जित्न सफल भएको हो । श्रीलंकाले भारतविरुद्ध अत्यन्तै लज्जास्पदक प्रदर्शन गरेको थियो।





