कर्णाली प्रदेश

    कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु

    नवलपुर टुडे
    २०८० भदौ ३१ | मध्यान्ह १२:०५ बजे

      सुर्खेत, भदौ ३१ । कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।‌ पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय जानकी रेग्मी अधिकारीको मृत्यु भएको हो ।

      जानकी २९ गते शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्‌ । अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् । बच्चा जन्माउदा सम्म जानकीको अवस्था सामान्य रहेको उनका ससुरा तिलक‌ अधिकारीले बताए । त्यसपछि छोरालाई दूध खुवाउँदै गर्दा उनी सोही वार्डमा एक्कासि बेहोस भएकी थिइन् । बेहोस भएकी जानकीलाई आइसियुमा राखेर उपचार गरिएकोमा शनिबार अस्पतालले एक्कासि मृत घोषणा गरेको उनका ससुराले जानकारी दिए ।

      बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको पीडितहरूको आरोप छ । बच्चालाई अहिले आइसीयुमै राखिएको छ । जानकीको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । मृत्युको कारण भने अहिलेसम्म अस्पतालले बताएको छैन ।

      अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाको विषयमा समीक्षा हुन लागेको बताउँदै समीक्षापछि मात्र घटनाबारे थाहा हुने बताए ।

        कमेन्टहरु