धर्म–संस्कृति/रीतिथिति

    इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठानले दिए हरितालिका तिजको शुभकामना

    नवलपुर टुडे
    २०८० भदौ ३१ | बिहान ११:०५ बजे

      कपिलवस्तु, भाद्र ३१ । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दु नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् ।

      पठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १ गते सोमबारका दिन परेकाले हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपालमा हरितालिका तीज धूमधामका साथ मनाइन्छ । विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन् ।

      सोही तिजको अवसरमा पठानले नेपाली महिलाहरूमा सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

        कमेन्टहरु