देश

    नक्कली जग्गा धनीले जग्गा विक्री गरेको भन्दै नवलपरासीमा विरोध प्रदर्शन

    नवलपुर टुडे
    २०८० भदौ ३१ | बिहान ११:०५ बजे

      रामकरन हरिजन
      नवलपरासी, भदौ ३१ । नक्कली जग्गा धनी खडा गरी नवलपरासीमा जग्गा विक्री गरेको भन्दै किसान आक्रोसित भएका छन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका- ६ मा ३२ विगाहा जग्गा नक्कली जग्गा धनीले बेचे पछि किसानहरु विरोध प्रदर्शनमा उत्रेका छन ।

      पाल्हीनन्दन गाउँपालिका- ६ को ३२ विगाहा जग्गा भु–माफियाहरुले मालपोत, भुमि सुधार र साविक गाविसको कर्मचारीहरुको मिलोमतोमा नक्कली जग्गा धनी खडा गरी विक्री गरेको अख्तियारको अनुसन्धानमा खुले पछि भु–माफियासहित कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले भ्रष्टाचार मुद्धा चलाएको हो ।

      नवलपरासीको पाल्हीनन्दन गाउँपालिका- ६ मा ३२ विगाहा जग्गा नक्कली जग्गा धनीले बेचेको ठहर भएपछि अख्तियारले १३ जना कर्मचारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पाल्हीनन्दन गाउँपालिका- ६ पडरीको ३२ विगाहा जग्गा भु–माफियाहरुले मालपोत, भुमि सुधार र साविक गाविसको कर्मचारीहरुको मिलोमतोमा नक्कली जग्गा धनी खडा गरी विक्री गरेको अख्तियारको अनुसन्धानले खुलेपछि भु–माफियासहित कर्मचारीहरु विरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोग बुटवलले भ्रष्टाचार मुद्धा चलाएको हो ।

      अख्तियारले अनियमितता र अख्तियार दुरुपयोग गरी भ्रष्टचार गर्ने कर्मचारीहरु बिरुद्ध मुद्दा चलाएपछि पडरी गाउँका जग्गा पीडित किसानहरुको पहिलो चरणको जित भएको बताए ।

      स्थानिय ईन्द्रमणी पाण्डेको अध्यक्षतामा शनिबार भुमाफीयाहरुलाई कार्यवाहीको माग गर्दै मन्झरीया देखि परासी बुद्ध चोकसम्म पीडित किसानहरुले विरोध प्रदर्शन गरेका हुन ।

      अख्तियारले चलाएको मुद्दा

      जिल्लाको साविक सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा भु–माफिया, मालपोत र भुमि सुधार कार्यालयका प्रमुख सहितका कर्मचारीहरु नक्कली जग्गाधनी खडा गरी रोक्का जग्गा फुकुवा गरी पास गरेर व्यापक भ्रष्टाचार गरेको ठहर भएपछि अख्तियारले १३ जना विरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको विगो दावी गर्दै भ्रस्टाचार मुद्दा चलाएको हो ।

      अख्तियारले चलाएको मुद्दामा मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्रीविरुद्ध मुद्दा चलाएको हो ।

      गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

      ‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२(२(१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन माग दाबी लिइएको छ,’ अख्तियार द्वारा आरोप पत्र दायर गरिएको छ।

      जिल्ला नवलपरासी साविक सनई गा.वि. स. वडा नं ८ ख किता नं १२१,२५१,२९७ समेतका जग्गाहरु हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गा धनी खडा गरी विक्री गरेको भन्ने समेत व्यवहोराको उजुरीमा अनुसन्धान हँदा भुमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भुमिसुधार अधिकारी ईश्वर प्रकास कलवारले गलत कागजातका अधारमा कानुन विपरीत तीन परिवार संख्या कायम गर्ने गरी गरेको गैर कानुनी निर्णय सोही निर्णयलाई कार्यन्यन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानिय निकाय समेत प्रलोभनमा परी भारतमा बसोबास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोबास गर्ने र नेपालको गेरमी गा.वि.

      स.मै मृत्यु भएको भनी नाता प्रमाणित मृत्यु दर्ता प्रमाण पत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्तिनै फरक पारि स्थानिय तथा नवलपरासीका कर्मचारीहरुले भ्रष्टाचार जन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय बमोजिको कसुरमा देहाय बमोजिम सजाय हुन मागदावी लिएको उल्लेख छ ।

      नवलपरासीको सनई गाविसको वडा नं. ८ र ९ पडरी गाउँका किसानहरु उक्त ३२ विगाहा जग्गा तिन÷चार पुस्तादेखि मोही र हुण्डामा जोतभोग गरि भोग चलन गर्दै आएका थिए । सनई ८ र ९ को उल्ल्ेखित ३४ विगाहा जग्गा, भु–माफियाहरु मालपोत, भुमि सुधार र गाविसलाई मोटो आर्थिक प्रलोभन देखाई बेचिएको थियो ।

      करिब ५० वर्र्ष अगाडी पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । जमिन्दार खत्रीले किसानहरुलाई दिएको केहि जग्गामा मोही लागेको थियो भने केहि जग्गा हुण्डामा थियो । त्यतिबेलादेखि नै जमिन्दार खत्री किसानहरुसंग हुण्डाको वर्षेनी पैसा पनि असुल्दै आएका थिए । जमिन्दार खत्रिले आफ्नै जिवनकालमा जग्गा पास गर्छु भन्दै टाल्दै मृत्युको मुख समेतमा पुगे । जमिन्दार खत्रीको मुत्युपछि उक्त जग्गा लिन उनको कुनै वारेपनि आएनन् । जग्गा यत्तिकै किसानहरुकै जोतभोगमा रहेको, मालपोत र भुमिसुधारबाट पनि रोक्का समेत रही रहयो ।

      लामो समय सम्म जग्गाको कोई वारेस नआएपछि भुमाफियाहरुले उक्त जग्गामा आँखा धँसाए र नक्कली जग्गाधनी खडा गरि बेच्ने योजना बनए । किसानहरुको जिवनमा दुखको घडि तब आईपुग्यो जब यहाँका भु–माफियाहरु नक्कली जग्गाधनी खडा गर्न दिल्लीमा चार्टड एकाउन्टेन्ट काम गरि बस्दै आएको अनुप मेहरालाई जमिन्दार मृतक प्रेमशरण खत्रीको वारेस बनाई नाता प्रमाणित समेत गराए । भारत बस्ने अनुप मेहरा नामक व्यक्ति जमिन्दार मृतक खत्रीको छोरा अनुप खत्री (वारेस) बनेर साविक गेरमी गाविसबाट नाता प्रमाणित गराइएपछि जग्गा बेच्ने खेल शुरु भयो जसले किसानहरुलाई पिडित मात्र होईन बेघर समेत बनाई दियो । नाता प्रमाणितको आधारमा ठुलो रकम घुस खुवाई भु–माफियाहरु करिब ५ करोड रुपैयामा उक्त ३२ विगाहा जग्गा आफनो नाममा पास गराए ।

      पडरी गाउँका ६५ जना स्थानिय किसानको जोतभोगमा रहेका ३२ विगाहा जग्गा अनुप महराले विक्री गरेपछि किसानहरु बिचल्ली नै परे । भु–माफियाहरुले नक्कली जग्गाधनी खडा गरि जग्गा पास लिएपछि किसानहरु रुवाबासी नै छायो । जग्गा पाउने आस्वासनमा बसी रहेका किसानहरुसंग बेईमानी गर्दै दोहोरो नागरिकता भएको केहि स्थानिय भु–माफियाहरुको नाममा पास भयो । ६८ वटा कित्तामा रहेको ३४ विगाहा जग्गा मध्ये १ विगाहा ५ कट्ठा जग्गामा पक्की घरघडेरीहरु समेत बनेको छ भने अरु जग्गा खेत खरिहानको रुपमा प्रयोग हुदै आएको छ । पिडित किसानहरुको जग्गा फिर्ता ल्याउन स्थानिय समाजसेवी ईन्द्रमणि पाण्डेको नेतृत्वमा टोली, काठमाण्डौ, भारतको दिल्ली पुगी आवश्यक प्रमाणहरु जुटाई अख्तियार पुग्यो जसले सफलता पायो ।

      करिब ५० वर्र्ष अगाडी पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । जमिन्दार खत्रीले किसानहरुलाई दिएको केहि जग्गामा मोही लागेको थियो भने केहि जग्गा हुण्डामा थियो । त्यतिबेलादेखि नै जमिन्दार खत्री किसानहरुसंग हुण्डाको वर्षेनी पैसा पनि असुल्दै आएका थिए । जमिन्दार खत्रिले आफ्नै जिवनकालमा जग्गा पास गर्छु भन्दै टाल्दै मृत्युको मुख समेतमा पुगे । जमिन्दार खत्रीको मुत्युपछि उक्त जग्गा लिन उनको कुनै वारे पनि आएनन् । जग्गा यत्तिकै किसानहरुकै जोतभोगमा रहेको, मालपोत र भुमिसुधारबाट पनि रोक्का समेत रहीरहयो ।

      लामो समयसम्म जग्गाको कोई वारेस नआएपछि भुमाफियाहरुले उक्त जग्गामा आँखा धँसाए र नक्कली जग्गाधनी खडा गरि बेच्ने योजना बनाए । किसानहरुको जिवनमा दुखको घडि तब आई पुग्यो जब यहाँका भु–माफियाहरु नक्कली जग्गाधनी खडा गर्न दिल्लीमा चार्टड एकाउन्टेन्ट काम गरि बस्दै आएको अनुप मेहरालाई जमिन्दार मृतक प्रेमशरण खत्रीको वारेस बनाई नाता प्रमाणित समेत गराए । भारत बस्ने अनुप मेहरा नामक व्यक्ति जमिन्दार मृतक खत्रीको छोरा अनुप खत्री (वारेस) बनेर साविक गेरमी गाविसबाट नाता प्रमाणित गराइएपछि जग्गा बेच्ने खेल शुरु भयो जसले किसानहरुलाई पिडित मात्र होईन बेघर समेत बनाई दियो । नाता प्रमाणितको आधारमा ठुलो रकम घुस खुवाई भु–माफियाहरु करिब ५ करोड रुपैयामा उक्त ३२ विगाहा जग्गा आफनो नाममा पास गराए ।

      ईन्द्रमणी पाण्डेको अध्यक्षतामा भएको जग्गा विरोध प्रदर्शन कार्याक्रम्मा प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् नवलपरासी नेकपा माओबादीका ईन्चार्ज हकिउल्ला खाँले ५० वर्ष पहिला देखि सर्वसाधारण जनताले जोत भोग गर्दै आएका जग्गा किर्ते गरी विक्री गरेका भुमाफियाहरुलाई समेत कडा भन्दा कडा कारवाही हुनु पर्छ ।

        कमेन्टहरु